भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कार कुन–कुन हुन् ?

भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कार कुन–कुन हुन् ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची सार्वजनिक भएको छ । गत वर्ष भारतमा एसयूभीसँगै ७ सिटर कम्प्याक्ट एमपीभी र ७ सिटर एसयूभी सेगमेन्टका गाडीको बिक्री बढेको थियो ।

भारतमा गत वर्ष टाटा पन्च सबैभन्दा बढी बिक्री हुने सवारीमा रहेको थियो भने मारुती सुजुकी वागनआर दोस्रो स्थानमा रहेको थियो ।

गत वर्ष टाटा पन्च २ लाख २ हजार ३१ युनिट बिक्री भएको थियो । त्यस्तै, दोस्रो स्थानमा परेको मारुती सुजुकी वागनआर कुल १ लाख ९० हजार ८५५ युनिट बिक्री भएको थियो ।

बिक्री सूचीको तेस्रो स्थानमा रहेको मारुती सुजुकी अर्टिगा यस अवधिमा कुल १ लाख ९० हजार ९१ युनिट बिक्री भएको थियो भने चौथो स्थानमा रहेको मारुती सुजुकी ब्रेजा कुल १ लाख ८८ हजार १६० युनिट बिक्री भएको थियो ।

यस्तै, बिक्र्रीको पाँचौँ स्थानमा रहेको हुन्डाई क्रेटा यस अवधिमा कुल १ लाख ८६ हजार ९१९ युनिट बिक्री भएको थियो । बिक्रीको सूचीमा मारुती सुजुकी स्विफ्ट छैटौँ स्थानमा थियो । जुन यस अवधिमा कुल १ लाख ७२ हजार ८०८ युनिट बिक्री भएको थियो ।

मारुती सुजुकी बलेनो यस अवधिमा कुल १ लाख ७२ हजार ९४ युनिट बिक्री भएको थियो । जुन बिक्रीको सूचीमा सातौँ स्थानमा थियो । यता, बिक्रीको सूचीमा आठौँ स्थानमा रहेको मारुती सुजुकी डिजायर यस अवधिमा कुल १ लाख ६७ हजार ९८८ युनिट बिक्री भएको थियो ।

महिन्द्रा स्कोर्पियो यस अवधिमा कुल १ लाख ६६ हजार ३६४ युनिट बिक्री भएको थियो । जुन बिक्रीको सूचीमा नौ नम्बरमा थियो । बिक्रीको सूचीमा दशौँ स्थानमा रहेको टाटा नेक्सन यस अवधिमा कुल १ लाख ६१ हजार ६११ युनिट बिक्री भएको थियो ।

Logo