एजेन्सी । एक भारतीयले नेपालीले राखेको विश्व कीर्तिमानी तोडेका छन् । भारतको उत्तरप्रदेश अन्तर्गत लखीमपुर–खिरीका यतिश चन्द्र शुक्लाले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।
उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् । अब गिनिज बुकमा लेखिनेछ । उनले नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गरेका हुन् ।
अनन्तले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका थिए । भारतीय युवा यतिशतले बुधबार बिहान साढे १० बजेबाट लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरेका हुन् ।
गिनिज बुकका अधिकारीहरुले उक्त कार्यक्रमको अनलाइनमार्फत अनुगमन गरेका थिए । सय घण्टासम्म भाषण गर्ने यी युवकको नाममा अर्को कीर्तिमान पनि छ । उनले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।
यतिमात्र होइन उनले सबैभन्दा लामो समयसम्म पढाउने कीर्तिमान राखेका छन् । उनले लगातार १ सय ४८ धण्टासम्म पढाएका थिए । त्यस्तै १ सय २३ घण्टासम्म लगातार पढेर पनि उनले गिनिज बुकमा नाम लेखाएका छन् ।





























प्रतिक्रिया