काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित हुने भएका छन् ।
लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं अदालतमा उपस्थित हुने बताइएको थियो । तर, आज लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् । अब आइतबार मात्रै उनी अदालतमा उपस्थित हुने भएका हुन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई विपक्षी बनाएर अदालतमा पनि मुद्दा दर्ता गरेको छ ।





























प्रतिक्रिया