‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन

‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

सिनामङ्गलस्थित विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा सचिव अर्यालले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाडो समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

उनले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिए । “यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनु हुँदैन । कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ । विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पुर्‍याउनुपर्छ”, उनले भने ।

सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन, निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिए ।

Skip This
Skip This
Logo