काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारको आयु धेरै नभएको दाबी गरेका छन् ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आयोजित विपक्षी दलहरुको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकार अप्राकृतिक हो। धेरै लामो समय जाँदैन।’
बैठकमा समाजवादी मोर्चाको आगामी कार्यदेशबारे छलफल भएको थियो ।
छलफलमा अध्यक्ष प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी थिए। साथै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता मोहन श्रेष्ठ पनि बैठकमा पुगेका थिए।































प्रतिक्रिया