काठमाडौँ । काठमाडौँको कमलादीस्थित वोन्डर्स नेपाल प्रालिले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रवेन्द्र पोखरेलको अध्यक्षतामा कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा साधारणसभा सम्पन्न भएको हो ।
सञ्चालक समिति तथा सेयरधनि लगायत आमन्त्रितहरूको उपस्थिति रहेको उक्त साधारणसभामा आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण पारित गरिनुका अतिरिक्त कम्पनीको व्यावसायिक योजना, कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आईपीओ जारी गर्ने प्रक्रियामा जाने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ ।
साधरणसभामा कम्पनीका प्रबन्ध निर्देशक पदमप्रसाद न्यौपानेले स्वागत मन्तव्य दिनुका साथै आयव्यय र भावी कार्ययोजनाको बारेमा प्रष्ट पारेका थिए । कम्पनीले सञ्चालक समितिको पुनर्गठन गरी अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ्र ।
कम्पनीका नवनियुक्त प्रबन्ध निर्देशक विष्णुहरि पाण्डे एक समाजसेवी, छोटो समयमा विदेश मामिला, शैक्षिक संस्था ,बैंकिक क्षेत्र लगायतका संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरू बटुल्न सफल व्यक्ति हुन् । उनले यस वोन्डर्स नेपाल प्रालिमा प्रबन्ध निर्देशकको जिम्मेवारी बहन गर्न पाउँदा यसलाई एक नयाँ अवसरका रूपमा लिएको भन्दै अब आफ्नो कार्यकालमा स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र अब शिघ्र सञ्चालनमा ल्याउने तथा सिटी बन्जी जम्पका साथै डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने बताए ।
उनले स्काईवाक टावरलाई काठमाडौँको मुख्य पर्यटकीय स्थलको रूपमा विभिन्न पर्यटन संस्था तथा ट्रभल एण्ड टुरसँग समन्वय गरी थिंस् टु भिजिट काठमाडौँमा मुख्य स्थलका रूपमा स्थापित गर्दै लैजाने सम्बन्धमा प्रकाश पार्दै उपस्थित सबैजनालाई धन्यवाद दिएका थिए ।































प्रतिक्रिया