विश्व हिन्दी दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हिन्दी केन्द्रिय विभागको संयुक्त आयोजनामा काठमाडौंको होटल ह्यात रिजेन्सीमा यो दिवस मनाइएको हो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पढेर सुनाएका थिए । शुभकामना सन्देशमा सबैको सार्थक प्रयासबाट विश्वमा हिन्दीले आफ्नो अलग्गै पहिचान बनाउनेमा भारतीय प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले समाजिक विकासमा तालमेल गर्दै अधिक हिन्दी भाषा प्रयोग गर्न आग्रह समेत गरेका छन् ।
भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले सन् २००६ मा जनवरी १० मा विश्व हिन्दी दिवस मनाउने घोषणा गरेका थिए । त्यसअघि विश्वमा हिन्दीको विकास गर्ने उदेश्यले विश्व हिन्दी सम्मेलनको शुरुवात १० जनवरी १९७५ मा भारतको नागपुरमा भएको थियो ।
सन् २०१८ मा भारत सरकारले मोरिसस सरकारको सहयोगमा मोरिससमा ११ औं विश्व हिन्दी सम्मेलनको आयोजना गरेको थियो । विश्व हिन्दी दिवस जनवरी १० मनाइने गरिन्छ ।





























प्रतिक्रिया