अरबौका मालिक सुमार्गीलाई फेरि अर्काे ठूलो झट्का (भिडियोमा)

अरबौका मालिक सुमार्गीलाई फेरि अर्काे ठूलो झट्का (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

व्यवसायी अजयराज सुमार्गीलाई फेरि अर्काे ठूलो झट्का लागेको छ । केही समय अघि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको इजलाशले मुक्तिश्री सिमेन्टको नाममा आएको रकम फुकुवा गर्ने आदेश दिएको थियो । अदालतले निवेदकले माग गरेबमोजिम भुक्तानी दिलाउन तथा खाता संचालनमा कुनै पनि अवरोध नगर्न नगराउन भनेको थियो ।

आदेश लगतै सुमार्गीले रोक्का रहेको सबै ७५ लाख अमेरिकी डलर झिकिसकेका थिए । मंगलवार अदालतले दुवै पक्षलाई बहसका लागि झिकाएको थियो ।

दुवै पक्षको बहस सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश डा. आनन्द मोहन भट्टराईको इजलाशले पुरानो निर्णय खारेज गर्दै अन्तरिम आदेश दिन नमिल्ने भन्दै अघिल्लो आदेश खारेज गर्याे ।

सो इजलाशले अन्तरिम आदेश जारी हुनुपुर्वकै अवस्थामा निर्णय कायम राख्न भनेको हो। नवनियुक्त प्रधानान्याधिक राणाको यो पहिलो एक्सन हो ।

मुक्तिश्री सिमेन्टका नाममा आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये राष्ट्र बैंकले रोक्का गरेको ७५ लाख डलर बैंकमा रोक्का भएको थियो । राष्ट्र बैंकले स्रोत नखुलेको भनी सुमार्गीको कम्पनीमा आएको रकम करिब ५ वर्षदेखि रोकिदिएको थियो ।

Logo