जय ट्रफीकाे उपाधिका लागि नेपाल पुलिस र आर्मी भिड्ने

जय ट्रफीकाे उपाधिका लागि नेपाल पुलिस र आर्मी भिड्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

आर्मीले मधेश प्रदेश र पुलिसले बागमती प्रदेशलाई स्तब्ध पार्दै फाइनलमा पुगेका हुन् ।

जनकपुरमा आइतबार बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य पुलिसले ५ विकेट क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो । उसको जितमा कप्तान कुशल भुर्तेलले ३२ र अमित श्रेष्ठले ५६ रनको योगदान गरे । अर्जुन साउद २० रनमा नटआउट रहे ।

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले २ तथा प्रतिस जिसी, सूर्य तामाङ र नन्दन यादवले समान एक विकेट लिए पनि हार भने टार्न सकेनन् ।

पुलिसले पहिलो इनिङ्समा २१५ रन बनाएको थियो । पहिलो इनिङ्समा ११२ रनमा समेटिएको बागमती दोस्रोमा २१८ रनमा अलआउट भएको थियो ।

आजै भएको खेलमा आर्मीले फलोअनमा परेको मधेशमाथि ८ विकेटको जित दर्ता गरेको छ । मधेश ६४‍.१ ओभरमा १५० रनमा समेटिएर २७ रनको मात्र अग्रता बनाउन सफल भएको थियो । उक्त लक्ष्य आर्मीले मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

आर्मीका लागि ओपनर तृतराज जोशीले सर्वाधिक १३ रन जोड्दा अर्को ओपनर इमरान शेख ८ रनमा नटआउट रहे ।

त्यसअघि मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाएर आउट भएका थिए भने कप्तान हरिशंकर साह १४२ बल खेल्दै क्रिजमा टिकेर २५ रन बनाए ।

आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए । त्यसअघि पहिलो इनिङमा आर्मीको २२५ रनको अग्रता पछ्याउँदा १०२ रनमा समेटिएपछि मधेश फलोअनमा परेको थियो ।

उपाधि भिडन्त मंगलबारदेखि वीरगञ्जमा हुनेछ ।

Logo