गुलरिया (बर्दिया) । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेकाे निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।































प्रतिक्रिया