काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा उनीहरूबीच गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताका बारेमा छलफल भएको बताइएको छ ।
राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएको ह्वाइट हाउसले जनाएको छ ।
यस वार्तालाई डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा भनिएको छ । राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनुपर्ने आवश्यकताबारे पनि जोड दिएको ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनेर डोनाल्ड ट्रम्पले पहिले नै भनिसकेका छन् ।





























प्रतिक्रिया