रगत जाँच गर्न दिएपछि निर्मलाका बुबाद्वारा दुर्गादेवीलाई दुर्व्यवहार

रगत जाँच गर्न दिएपछि निर्मलाका बुबाद्वारा दुर्गादेवीलाई दुर्व्यवहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ‘भजाइनल स्वाब’ को वैधानिकता जाँच्न उनकी आमा दुर्गादेवी पन्तले रगत दिए पछि निर्मलाका बुबा यज्ञराज पन्तले दुर्गादेवीलाई दुर्व्यवहार गरेका छन् ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाको ‘भजाइनल स्वाब’ को नमुनामाथि प्रश्न उठेपछि बैधानिकता जांच गर्न बुधबार आमा दुर्गा देवीले रगत दिएकी थिइन । दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगी प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै निवेदन दिएकी थिइन् ।

उनीहरुकै माग अनुसार प्रहरीले गत सातादेखि निर्मलाका आमा–बुवा दुबैको रगतको नमुना संकलन गर्न प्रयास गरेको थियो तर, सफल भइरहेको थिएन । यज्ञराज पन्तले रगत दिन नमानेपछि प्रहरीले बुधबार निर्मलाकी आमा दुर्गादेवि पन्तको मात्रै रगतको नमुना लिएको थियो ।

दुर्गाले छोरी निर्मलाकै डिएनए हो वा होइन यकिन गर्न रगत दिएकी हुन् । प्रहरीले निर्मलाकै स्वाब परीक्षणका लागि पठाएको दाबी गरेपछि एकिन गर्न दुर्गाले रगत दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना लिएको हो ।

तर रगत दिएपछि यज्ञराजले तैंले के गर्न खोजेकी भन्दै दुर्गादेवीलाई गाली गरेर दुर्व्यवहार गरेका छन् । दुर्गादेवीका अनुसार यज्ञराजको मानसिक अवस्थामा पुनः समस्या आएको हुन सक्छ । यस अघि पनि उनको मानसिक अवस्थामा समस्या आएपछि लामो समय अस्पतालमै राखेर उपचार गराइएको थियो ।

Logo