दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै काठमाडौँ महानगर

दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै काठमाडौँ महानगर

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर ध्रुवकुमार भुजेलले बताए ।

उनले भने, ‘साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्तर्गतका बजेटहरूबाट फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको हो । विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन । आगलागी हुँदा आगो निभाउका निम्ति पानीको अत्यन्त आवश्यक हुन्छ । पानीलाई निकाल्नका लागि ड्राइ राइजरको सहयताले पानी छिराउने गर्छौँ ।’

साथै उनले आगो निभाउनका लागि धेरै गल्लीहरूमा ड्राइ राइजर राखिएको बताए । उनले वडा नं १२, ३, ६, १५ मा यसभन्दा अगाडि नै राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।

Logo