विपिन जोशी सकुशल फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु -मन्त्री आरजु राणा

विपिन जोशी सकुशल फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु -मन्त्री आरजु राणा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको दाबी गरेकी छन् ।

सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले भनिन्,‘विपिन भाईको रिहाईको लागि पहल भइरहेको छ । उहाँ सकुशल फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बैठकमा जानकारी गराइन् ।

Logo