राजधानी र नामाकरण विषय संसदमा प्रस्ताव समेत दर्ता भएन : प्रदेश नं. २

राजधानी र नामाकरण विषय संसदमा प्रस्ताव समेत दर्ता भएन : प्रदेश नं. २

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

प्रदेश २ मा सरकार गठन भएको दश महिना बित्न लाग्दा पनि प्रदेशको नाम, राजधानी र कामकाजको भाषाको टुंगो लाग्न सकेको छैन ।

प्रदेश सरकारले प्रदेशमा छुट्टै प्रहरी भर्ना, करारमा कर्मचारी भर्ना, लोकसेवा आयोग गठन लगायतका विधेयकलाई प्राथमिकताका साथ अगाडी बढाए पनि नामाकरण, राजधानी र काम काजको भाषाका विषयमा सुस्त भएको छ । यी विषयमा छलफलका लागि हालसम्म संसदमा प्रस्ताव समेत दर्ता हुन सकेको छैन ।

प्रदेश राजधानी तथा नामाकरणका लागि सुझाव संकलन गर्ने भन्दै संवाद तथा सुझाव आयोग गठन गरिएको छ । कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र राजधानीबारे अवधारणा तयार पार्न नीति आयोगका उपाध्यक्ष हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको हो । आयोगले ४५ दिन भित्र छलफल तथा संवादका माध्यमबाट अवधारणा तयार गरी सरकारलाई बुझाउनु पर्ने थियो । तर आयोगले निर्धारित समयावधिभित्र काम सम्पन्न गर्न नसकेपछि दुई महिनाको समय थप गरिएको छ ।
अन्नपूर्णबाट

Logo