रेड्मीको नयाँ सिरिज रेड्मी नोट १४ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

रेड्मीको नयाँ सिरिज रेड्मी नोट १४ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपाली बजारमा रेड्मीको नयाँ सिरिज रेड्मी नोट १४ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो ।

कम्पनीले रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रों प्लस५ जी गरी ४ ओटा मोडेलहरू सार्वजनिक गरेको हो। यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । त्यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ ।

कम्पनीले नोट १४ प्रो र नोट १४ प्रो प्लस फोनलाई फ्ल्यागशिप फोन भनेको छ। यी दुई फोनको विशेष आकर्षण यसमा प्रयोग भएको एआई फिचर हो। एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो–ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ। यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ ।

यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ। ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रङ्गमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ ।

डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडिओ मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ । ५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।

गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सनजस्ता एआई विशेषताहरू पनि उपलब्ध छ ।

कम्पनीले रेड्मी नोट १४ सेट मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन कलरमा उपलब्ध गराएको छ। जुन ६ जिवी र्याम १२८ जीबी रोम भएको फोनलाई २४ हजार ९९९ रुपैयाँ र ८ जिवी र्याम २५६ जीबी रोम भएको फोनलाई २७ हजार ९ सय ९९ रुपैयाँमा राखेको छ ।

यसैगरी कम्पनीले रेड्मी नोट १४ ५जी लाई मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलरमा सार्वजनिक गरेको छ । जसको ८ जिवी र्याम २५६ जीबी रोमयुक्त फोनको मूल्य ३० हजार ९ सय ९९ रुपैयाँ राखेको छ भने १२ जिवी र्याम र ५१२ जीबी रोम भएको सेटलाई ३५ हजार ९ सय ९९ रुपैयाँ राखेको छ।

यस्तै, रेड्मी नोट १४ प्रो ५जी फोनलाई कम्पनीले मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिन कलरमा उपलब्ध गराएको छ। जसको ८ जिवी र्याम २५६ जीबी रोमयुक्त फोनको मूल्य ३९ हजार ९ सय ९९ र १२ जिवी र्याम ५१२ जीबी रोमयुक्त फोनको मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ कम्पनीले राखेको छ।

यसैगरी कम्पनीले रेड्मी नोट १४ सिरिजकको सबैभन्दा अपग्रेटेड फोन अर्थात रेड्मी नोट १४ प्रों प्लस ५जी फोनलाई ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याक कलरमा मा उपलब्ध गराएको छ। जसको ८ जिवी र्याम २५६ जीबी रोमयुक्त फोनको मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ र १२ जिवी र्याम ५१२ जीबी रोमयुक्त फोनको मूल्य ५४ हजार ९ सय ९९ रुपैयाँ राखेको छ।

Logo