समीक्षा र गोविन्दले ल्याए ‘भिसा हातैमा’

समीक्षा र गोविन्दले ल्याए ‘भिसा हातैमा’

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक गोविन्द गौतमको स्वरमा नयाँ गीत ‘भिसा हातैमा’ सार्वजनिक भएको छ । गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन् ।

देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा छन् भने गुणराज श्रेष्ठ ,अन्जु चौलागाई , दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ ।

प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाइ करण चैसिरले छायांकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन् । भिडियोलाई ‘मौलिक रोधीघर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Logo