पोखरा । पोखरामा विद्युतीय सवारीसाधनबारे जानकारी गराउँदै तालिम तथा वर्कसप सम्पन्न भएको छ । विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले उक्त सेमिनारको आयोजना भएको हो ।
एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल अन्तर्गतको भीजी मोटर्सले पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा सोमबार कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त अवसरमा बोल्दै पूजा कन्स्ट्रक्सन तथा भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले विद्युतीय सवारीको भविष्य राम्रो रहेको बताउँदै विद्युतीय गाडीको नयाँ प्रविधिबारे पनि सबैले बुझ्नुपर्ने बताए ।
तालिममा सहभागीहरुलाई इन्जिनियर दिनेश दाहाल, इन्जिनियर नजाम रायमले विद्युतीय सवारीको प्रविधि लगायत विविध विषयमा प्रशिक्षण दिएका थिए ।
नेपालमा जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरु उपलब्ध छन् । कम्पनीले ‘एसआरएम र जोयलङ अगाडि बढौं, प्रदुषण हटाऔं’ अभियानसहित देशभर विविध कार्यक्रम गरिरहेको छ ।































प्रतिक्रिया