काठमाडौँ
सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छिन् ।
छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् । अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ ।
अधिकारीले सरकार आफूलाई न्याय दिन अनिच्छुक रहेको र छोराको हत्यारालाई कारबाही गर्न अक्षम रहेको निष्कर्षसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् । अधिकारीले बेलायत भ्रमण गर्ने पनि बताएकी छन् । उनका छोरा कृष्णप्रसादको हत्यामा आरोपी रुद्रप्रसाद आचार्य बेलायतमै लुकेर बसेको चर्चा चल्ने गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया