सरकारलाई डा.केसीले दिएको समय आज सकिँदै : माग पूरा नभए आजबाटै सत्याग्रह थाल्ने

सरकारलाई डा.केसीले दिएको समय आज सकिँदै : माग पूरा नभए आजबाटै सत्याग्रह थाल्ने

केन्द्रबिन्दु
0
Shares

इलाम

प्राध्यापक डाक्टर गोविन्द केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज (बुधबार) सकिँदैछ । आज दिउँसो सम्ममा पनि माग पूरा नभए दिउँसो ४ बजेबाट नै १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी उनले दिएका छन् ।

संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यसाँग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने केसीले मंगलबार इलाममा सञ्चारकर्मीसंग बताए । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्वन्धित नरहेर भ्रष्टचार र कुशासनको बिरुद्धमा हुने उनले बताए ।

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुष १७ देखि सत्याग्रह बस्न इलाम आएका थिए । तर संसदीय उप समितिले २ दिनको समय माग गरेपछि केसीले उल्टै समितिलाई सात दिनको समय दिएका थिए । आफूले दिएको समय सकिन एकदिन बाँकि हुँदा पनि माग पूरा गर्ने छाँटकाँट नदेखेपछि पुनः सत्याग्रहका लागि उनी मंगलबार इलाम आएका हुन् । सत्याग्रहका लागि जुनसुकै स्थल पनि हुनसक्ने उनले बताएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo