काठमाडौँ
संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन् ।
चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, ‘कसैले जान्न भन्न पाउँदैन,’ उनले भने, ‘जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ ।’
स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन, साझा जिम्मेवारी समृद्धिको पहिचान संघीयता, स्थानीय सरकार र प्रशासन विषयमा सञ्चारकर्मी र मन्त्री पण्डितबीच भएको अन्र्तक्रियामा मन्त्री पण्डितले समायोजनको फारम भर्ने म्याद नथपिने स्पष्ट पारेका छन् ।
‘२१ दिनको समय दिएका छौं, त्यो समयभित्र अनलाइनबाट अनिवार्य रुपमा फारम गर्नुपर्छ,’ उनले भने, ‘समय एकदिन पनि लम्ब्याउन चाहदैनौं ।’
उनले फारम नभर्ने कर्मचारीलाई पिआईएसमा भएको विवरणको आधारमा नागरिकताको प्रमाणपत्रको आधारमा खटाउने बताए । उनले अनुसाशनहिन र अराजक कर्मचारी देशलाई नचाहिने बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया