काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेको केहीबेरमै पौडेल रिहा भएका छन् । देउवाले प्रधानमन्त्रीलाई फोन गर्दै नेता पौडेललाई पक्राउ गर्नु को कारण के हो भनेर प्रश्न गरेका थिए ।
देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न पनि माग गरेका थिए । प्रधानमन्त्रीले जवाफमा पौडेलकै सुरक्षामा प्रहरीले सुरक्षित स्थलमा लगेको र तत्कालै रिहाइ गरिने बताएका थिए ।
त्यस लगत्तै नियन्त्रणमा लिएको ३ घण्टापछि पौडेल रिहा भएका हुन् । नेता पौडेलको गिरफ्तारीलाई लिएर सर्वत्र विरोध भएको थियो । काँग्रेस सभापति देउवाले प्रेस विज्ञप्ती जारी गरि सरकारले तुरुन्त रिहा नगरे यसबाट आउने परिणाम जे पनि हुन सक्ने बताएका थिए । गगन थापाले सरकारले मंहगो मूल्य चुकाउनु पर्ने बताएका थिए भने प्रकाशमान सिंहले सरकारको दिन गन्ती शुरु भएको टिप्पणी गरेका थिए ।





























प्रतिक्रिया