काठमाडौँ । कुजु नेपाल प्रालिले नयाँ मोडल ‘इपक’ भित्र्याउने भएको छ । नेपाली बजारमा पहिले नै दुई मोडल जी६ र एम६ बिक्री–वितरण गरिरहेको कुजु नेपालले अब अर्को मोडल भित्र्याउने भएको हो ।
इपक मोडलको मूल्य २ लाख ३५ हजार रुपैयाँ हुनेछ । ३ हजार वाट मोटर क्षमता भएको सो स्कुटरले सिंगल चार्जमा १५० किलोमिटर सम्म रेन्ज दिन्छ ।
कम्पनी स्रोतका अनुसार केही समय पश्चात् यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने छ । हाल नेपाली बजारमा उपलब्ध याडिया जी६ र एम६ को मूल्य क्रमशः २ लाख ६० हजार र १ लाख ७५ हजार रुपैयाँ छ ।





























प्रतिक्रिया