भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेशन कार्यक्रम सम्पन्न, राइडरलाई नयाँ अनुभव दिएको विश्वास

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेशन कार्यक्रम सम्पन्न, राइडरलाई नयाँ अनुभव दिएको विश्वास

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारी वितरक डेल्टा अटो कर्पले एक्टिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशभरका प्रमुख सहरहरूमा भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेशन कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर -याली, मकवानपुर जिल्लाको हेटौंडामा टेस्टराइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर -याली कम्पनीले गरेको थियो ।

यस्तै, गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट, कावासोती, कास्की जिल्लाको पोखरा, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्गका मुख्य सहरहरूमा स्कुटरको टेस्टराइड पनि भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार पोखरादेखि धाम्पुससम्म र लुम्बिनी प्रदेशको बुटवलमा टेस्टराईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर -यालीको आयोजना गरिएको थियो । -याली पुग्ने ठाउँमा राइडर्सका लागि आकर्षक एवम् सहभागितामूलक कार्यक्रमहरू आयोजना गरिएको पनि कम्पनीले बताएको छ ।

सो अवसर पारी कम्पनीले ट्राफिक प्रहरीहरूको सहभागितामा विभिन्न कलेजहरूमा सचेतनामूलक कार्यक्रमहरू गरेको छ । भेस्पा र अप्रिलिया स्कुटरका प्रयोगकर्ताको कार्यक्रममा सक्रिय उपस्थितिले नयाँ आयाम थपेको डेल्टा अटोकर्पका निर्देशक विजय कुमार महतोले बताए ।

‘यो कार्यक्रमले ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल भयौं, ग्राहकहरूको उत्साहजनक सहभागिताले भेस्पा र अप्रिलिया स्कुटरहरूको उत्कृष्टता र विश्वसनीयतामा थप वृद्धि गरेको छ,’ उनले भने ।

कम्पनीले हालसालै हट डिल्स नामक उपभोक्ता योजना पनि ल्याएको थियो । जसमा भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरूले ७ हजार ५०० रुपैयाँ छुटका साथ हुडी, स्कुटर कभर, हेलमेट, र कि रिंगजस्ता आकर्षक उपहारहरू समावेश थिए।

उक्त योजनाले तुरुन्त फाइनान्सको सुविधा र पुरानो स्कुटरसँग नयाँ स्कुटरको एक्सचेन्ज विकल्पले ग्राहकहरूको अनुभवलाई अझ स्मरणीय बनाएको कम्पनीले जानकारी दिएको छ ।

Logo