पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले फेरि आफ्नो नियन्त्रणमा लिएको छ । डा. भुसाललाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आदेश दिन समय अभाव भएको भन्दै डा. निकोलसलाई न्यायिक हिरासतमा पठाएकाले प्रहरी नियन्त्रणमा लिएको एसपी ओलियाले बताए । डा. निकोलसलाई शुक्रबार फेरि अदालतमा पेश गरिने एसपी ओलियाले उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. भुसाललाई प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएर हिरासतमा लिन चाहेको थियो । तर कास्की जिल्ला अदालतका न्यायाधीश नारायण दाहालको इजलासले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई दैनिक हाजिर गराएर कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो l





























प्रतिक्रिया