बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना, दश जना घाइते

बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना, दश जना घाइते

केन्द्रबिन्दु
21
Shares

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा बिहीबार राति पिकअप जीप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् ।

बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग ३ च ३८९ नम्बर पिकअप जीप ढोरपाटन नगरपालिका वडा नम्बर ६ बिहिबार राति ८ः३० बजे दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा घाइते भएका १० जनामध्ये ६३ वर्षीय काजी कामी र ३८ वर्षीय चलदेवी कामीको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नवीन्द्र ढकालले जानकारी दिए । अन्य आठ जनाको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भइरहेको डा. ढकालको भनाइ छ ।

Logo