वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड

वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड

केन्द्रबिन्दु
18
Shares

एजेन्सी । पर्यटक आकर्षित गर्ने अनेक माध्यमहरू छन् । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वेइझाउ टापुमा ह्वेलहरूले पर्यटक आकर्षित गरिरहेको छ ।

वेइझाउ टापुको पानीमा रहेका ब्राइडका ह्वेलहरूले वैज्ञानिक र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । हिउँदको आहारका लागि देखिएका संरक्षित ह्वेल हेर्न मानिसहरू झुम्मिने गरेका छन् ।

शिकारका लागि बाहिर उत्रिने क्रममा देखिने गरेका ह्वेलहरु हेर्न धेरै मानिसहरु उक्त टापुमा पुग्ने गरेका छन् । ब्राइडका ह्वेलहरू शिकार गर्दा पानीबाट ठाडो रूपमा बाहिर निस्कने गरेका छन् । यिनीहरूको यस्तो सक्रिय अवधि सामान्यतया डिसेम्बरदेखि अप्रिलसम्म रहने गर्छ ।

गुआङ्सी एकेडेमी अफ साइन्सेजको तथ्याङ्कअनुसार यस क्षेत्रमा पहिचान गर्न सकिने ब्रायड ह्वेलको सङ्ख्या सन् २०१८ मा ६ वटा मात्र थियो । त्यसको संख्या बढेर २०२४ मा ६० पुगेको छ ।

Logo