काठमाडौं ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य निर्वाचित तथा नेपाल सरकारका विभिन्न निकायमा नियुक्ति भएका ताप्लेजुङवासीलाई ताप्लेजुङ सरोकार केन्द्रले वधाई ज्ञापन गरेको छ ।
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले आज वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विजेता तथा नियुक्ति भएकाहरुलाई बधाई दिंदै जिल्लाको विकासमा अहोरात्र खटिने प्रतिबद्धता जाहेर गरे । मन्त्री भट्टराईले नियुक्ति पाउने सबैले राम्रो काम गरेर देखाउन आग्रह गरे ।

वधाई तथा शुभकामना पाउनेहरुमा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तारानाथ घिमिरे ,बौद्व दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फूपू छेम्वे शेर्पा, सांस्कृतिक संस्थानका महाप्रबन्धक असोक प्यासी राई, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्ले, नेपाल ट्रष्टका बोड सदस्य याङजोम शेर्पा छन् । यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सदस्य महेश गुरागाई, नेपाल वायुसेवा निगमका सदस्य ईश्वरी पौडेल, नेपाल पर्वतारोहण प्रतिष्ठानका सदस्य पिके शेर्पा, नेपाल बालसंगठनका सदस्य देउमान विष्ट र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशोक लोहरुङ राई रहेका छन् ।

निर्वाचित सदस्य तथा नियुक्ति भएकाहरुलाई संविधानसभा सदस्य पासाङ शेर्पा र सरोकार केन्द्रका सल्लाहकार धुर्वनारायण श्रेष्ठले शुभकामना दिंदै राम्रो काम गरेर जिल्लाको नाम राख्न अनुरोध गरे । कार्यक्रम सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।






























प्रतिक्रिया