कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि यहाँका दुई व्यवसायीले सोमबार मनोनयन दर्ता गराएका छन् ।
सङ्घको १६औँ कार्यकारणी समितिको निर्वाचनका लागि लागि वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्ल र व्यवसायी सञ्जीवचन्द्र भट्टले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । प्यानलसहित चुनावी दौडमा रहेका मल्ल र भट्ट टिम उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद जोशी र पिताम्बर जोशीले उम्मेदवारी दर्ता गराएका छन् । उद्योग उपाध्यक्षतर्फ तेजसिंह कार्की र हेमराज जोशी तथा वाणिज्य उपाध्यक्षतर्फ सुरेश गुरुङ र मदनराज पन्तले मनोनयन दर्ता गराएका छन् । महासचिवमा खगेश्वरप्रसाद बोहरा र बासुदेव जोशी तथा सचिवमा गणेश चटौत, धर्मसिंह रावल र रञ्जना थापाले उम्मेदावरी दर्ता गराएका छन् । कोषाध्यक्षमा राहुल भट्ट र निर्मला सापकोटा भट्टको उम्मेदवारी परेको छ ।
सदस्य पदका लागि सुन्दरकुमार गौतम, सुरेन्द्रसिंह साउद, भोजराज अवस्थी, कृष्णदेव भट्ट, गजेन्द्रराज पाण्डेय, चन्द्रसिंह कार्की, चेतराज जोशी, धिरज चन्द, परमानन्द जोशी, विवेकराज जोशी, विशाल सुनार, महेशराज जोशी, यज्ञराज भट्ट, समरजङ्गबहादुर चन्द र सुनीलकुमार सेठ्ठीले मनोनयन दर्ता गराएका छन् । सङ्घको निर्वाचन आगामी माघ ५ गते हुँदैछ । सङ्घमा चार हजार २०० भन्दा बढी सदस्य आवद्ध रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।





























प्रतिक्रिया