काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रतिकेजी रहेको छ ।
स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ र तितो करेला १०० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
यसैगरी स्याउ (झोले) प्रतिकेजी २५० रुपैयाँ रहेको छ । स्याउ (फुजी) प्रतिकेजी २८०, केरा प्रतिदर्जन १६०, कागती प्रतिकेजी १३५, अनार प्रतिकेजी ३७६.६७, अंगुर (हरियो) प्रतिकेजी २२३.३३, अंगुर (कालो) प्रतिकेजी ३६६.६७ सुन्तला (नेपाली) प्रतिकेजी ११५, सुन्तला (भारतीय) प्रतिकेजी ९५ , काक्रो (लोकल) प्रतिकेजी १३०, काक्रो (हाइब्रीड) प्रतिकेजी १००, रुख कटहर प्रतिकेजी १२५, निबुवा प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।
साथै, नासपाती (चाइनिज) प्रतिकेजी २४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ४५, मेवा (भारतीय) प्रतिकेजी ९५ र अम्बा प्रतिकेजी १०५ रुपैयाँ रहेको छ ।





























प्रतिक्रिया