आठ महिनामा पनि टुङ्गिएन नेकपाको एकता

आठ महिनामा पनि टुङ्गिएन नेकपाको एकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तत्कालीन नेकपा (एमाले) र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको आठ महिना पुगेको छ । सांगठानिक एकता प्रक्रिया भने अझै टुंगो लाग्न सकेको छैन ।

शीर्ष नेतृत्व तहमा भएको विवाद नै एकता प्रक्रिया टुंगो लगाउन बाधक देखिएको छ । सांगठानिक एकता प्रक्रिया टुंगो लगाउनका लागि बन्ने गरेका कार्यदलले दिएको रिपोर्ट कार्यान्वयनमा आउन सकेको छैन । आधा महिनासम्म चलेको पार्टी स्थायी समितिको बैठकले पनि पार्टी संचालनको कुनै ठोस निर्णय लिन सकेन ।

एकता प्रक्रिया टुंगो लगाउन अपेक्षा गरिएपछि नौ सदस्यीय कार्यदल बनाएर स्थायी समितिको बैठक सकिएको थियो । नौ सदस्यीय कार्यदललाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिए अनुसार काम अगाडि बढाएको छ । तर मापदण्ड र कार्यविधिबारे कार्यदलका सदस्यहरुबीच नै मतभेद देखिएको छ । पुसभित्र नै सांगठानिक एकता प्रक्रियाको टुंगो लगाउने दावी गरिए पनि कार्यदलको प्रतिवेदन तयार हुन नै अझै समय लाग्ने भएको छ ।

एकता प्रक्रिया अगाडि बढन नसक्नुको मुख्य कारण शीर्ष नेतृत्वबीच देखिएको विवाद नै हो । अध्यक्षयद्ध ओली र प्रचण्डले प्रदेश कमिटीका पदाधिकारी एकलौटी रुपमा चयन गरेको भन्दै वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालयको बैठकमा असहमति जनाएपछि विवादको सुरुवात भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo