चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

केन्द्रबिन्दु
12
Shares

उदयपुर (गाईघाट) । चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई रू ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई रू ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

खेल नकआउटका आधारमा हुनेछ ।

Logo