‘समर लभ’ मा आशिष र रेवतीको रोमान्स (हेर्नुहोस् ट्रेलर)

‘समर लभ’ मा आशिष र रेवतीको रोमान्स (हेर्नुहोस् ट्रेलर)

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘समर लभ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त ट्रेलर सार्वजनिक गरिएको हो ।

यो फिल्म सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित भएर निर्माण गरिएको हो । भ्यालेनटाइन डे को अवसर पारेर माघ २५ गते देखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘समर लभ’ मा आशिष पिया ‘अतित’ र रेवती क्षेत्री ‘साया’ को भूमिकामा छन् । आशिष र रेवती दुवै यो फिल्मबाट डेब्यु गर्दैछन् ।

मुस्कान ढकाल निर्देशित यस फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिषिर भण्डारी, सरोज खनाल, ओम प्रतीक लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन्।  समर लभमा सुबिनको कथा र सामीप्यराज तिमल्सेनाको पटकथा रहेको छ भने संवाद पनि सामीप्यराज र सुबिनले नै मिलेर लेखेका हुन् ।

समर लभमा प्रेम, रोमान्स र बिछोडलाई प्रस्तुत गरिएको छ । ‘प्रेम एक थोक बनेर आउँछ अनि सब थोक लिएर जान्छ’ जस्ता कडा संवादहरु यो फिल्ममा समाबेस गरिएको छ । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनेको यस फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

Logo