फुल चार्जमा ६ सय ५० किमी रेन्ज दिने किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक

फुल चार्जमा ६ सय ५० किमी रेन्ज दिने किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ गरी दुई भेरिएन्टमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ । जसलाई कियाले बुकिङ सुरु गरिसकेको छ ।

ठूलो ८४ किलोवाट ब्याट्री प्याक उपलब्ध सो एसयूभी फुल चार्जमा ६५० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ । सो एसयूभी ३५० किलोवाटको फास्ट चार्जरबाट मात्र १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

यसको लम्बाइ, चौडाइ र उचाइसँगै ह्विलबेस पनि यथावत छ । तर यसको टेल लाइट र रियर बम्परमा भने सामान्य परिवर्तन गरिएको छ । त्रिकोणीय ल्याम्पमा प्रतिस्थापन गरिएको यसको एलईडी डेटाइम रनिङ ल्याम्पले यसलाई थप आकर्षक बनाएको छ ।

यसमा फिंगरप्रिन्ट सेन्सर थपिएको छ । जसले कारलाई स्टार्ट गर्न सहज हुनेछ । ईभी६मा हेड अप डिस्प्ले र डिजिटल रियर भ्यू मिररको साथमा उपलब्ध छ । साथै एआई आधारित नेभिगेसन समर्थन पनि उपलब्ध छ । कियाले कर्भ प्यानोरामिक स्क्रिन यथावत राखेको छ, जसमा इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टका लागि १२.३ इन्चको दुईवटा डिस्प्ले प्रदान गरेको छ । यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जर, डिजिटल कि, भेइकल(टु(लोड क्षमता र ओभर(द(एयर सफ्टवेयर अपडेट गरिएको छ ।

५ स्टार यूरो एनक्याप रेटिङ प्राप्त गरेको ईभी६ मा एड्भान्स ड्राइभ असिस्टेन्स सिस्टम, रिभर्सिङ क्यामेरा सिस्टम र फ्रन्ट र रियर पार्किङ सेन्सर पनि उपलब्ध छ ।

Skip This
Skip This
Logo