टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलिया आफ्नै मैदानमा पराजित

टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलिया आफ्नै मैदानमा पराजित

केन्द्रबिन्दु
0
Shares

भारतले टेष्ट क्रिकेटमा ऐतिसहासिक सफलता हात पारेको छ । ७१ वर्षपछि भारतले टेष्टमा अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा हराएको हो ।

वर्षाका कारण चौथो टेष्ट बराबरी भएपछि भारतले चार खेलको सिरिज २-१ ले जितेको हो। भारतले एडेलेइडमा भएको पहिलो सिरिज ३१ रनले र मेलवर्नमा भएको तेस्रो टेष्ट १३७ रनले जितेको थियो। पर्थमा भएको दोस्रो टेष्ट अष्ट्रेलियाले १४६ रनले जितेको थियो।

चौथो टेष्टमा पनि भारत जित नजिक पुगेका बेला अन्तिम दुई दिनको खेल वर्षाले प्रभावित बनेपछि खेल बराबरीमा सकिएको हो। अष्ट्रेलियामा टेष्ट सिरिज जितेपछि भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरकै ठूलो जित भएको प्रतिक्रिया दिएका छन् ।

Skip This
Skip This
Logo