जेब्राक्रसिङ्मै ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

जेब्राक्रसिङ्मै ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

राजधानीको सामाखुसीमा जेब्राक्रसिङ्मै माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुम्बाराहीकी सीता दाहाल रहेकी छिन् । यस्तै अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए ।

अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालमा सामाखुसीमै उपचार भइरहेको छ । कलंकीबाट बौद्धतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको  माइक्रोले ठक्कर दिएको हो ।

प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Logo