काठमाडौं । भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका औषधि नियामक संस्थाले पतञ्जलि आयुर्वेदविरुद्ध उजुरी दर्ता गरेको आधारमा त्यहाँको अदालतले रामदेव र बालकृष्णविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
कन्नुरका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर विभिन्न उजुरी दर्ता गरेका थिए । त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड म्याजिक रेमेडिज (अब्जेक्सनेबल एडभर्टिजमेन्ट) एक्ट, (डीएमआर एक्ट) १९५४ उल्लङ्घन गरेको आरोप छ ।





























प्रतिक्रिया