काठमाडौं ।
मोटरेवल पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञा तोडेपछि पौडेललाई बुधबार दिउसो नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए । भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको प्रजिअको भनाई छ ।
पुल उद्घाटनका लागि तनहुँ पुगेका नेता पौडेलले उद्घाटन गर्न नहुने भन्दै नेकपा र युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो । नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो ।
नेता रामचन्द्र पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । उनले प्रहरीले आफू र कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई प्रहरी हिरासतमा लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन् ।
घटनाको नेपाली कांग्रेस संसदीय दल गण्डकीले भर्त्सना गरेको छ । दलका नेता कृष्णचन्द्र नेपालीले एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताएका छन् ।































प्रतिक्रिया