जगदम्बा मोटर्सले दुई वर्षसम्म निःशुल्क सर्भिस प्रदान गर्दै, यी प्रदेशका ग्राहकले पाउने छन् सेवा

जगदम्बा मोटर्सले दुई वर्षसम्म निःशुल्क सर्भिस प्रदान गर्दै, यी प्रदेशका ग्राहकले पाउने छन् सेवा

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टीका लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।

यस अफरअन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ ।

यो विशेष अफरअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ । उच्च प्रदर्शन, आकर्षक डिजाइन र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पूरा गर्ने कम्पनीको भनाइ छ ।

ग्राहकहरूको सहजतालाई विशेष प्राथमिकतामा राख्दै टीभीएसले चुनिएका सर्भिस स्टेसनहरू मार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा काठमाडौँ उपत्यकाका ग्राहकलाई प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि
टीभीएसले प्रदान गर्नेछ ।

यसले ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अग्रणी प्रमाणित गर्ने कम्पनीको विश्वास छ । टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

Logo