काभ्रे।
काभ्रे जिल्लामा आज ५ जना संक्रमित थपिएका छन् । आज ७ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९५६ जना संक्रमित छन् ।
नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २ र बनेपाका ३ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय ५६ पुगेको छ । निको हुनेको संख्या २६ सय ३३ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ८६ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ७२३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८८ हजार ८३३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ५३ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ४२० जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १० हजार २७९ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको छ । आज १ हजार ४९० जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५६७ रहेको छ ।
आजको पिसिआर परीक्षण ८ हजार ३०० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ५४ हजार ६३० रहेको छ । आज १६ हजार ५४७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया