दक्षिण कोरियाका राष्ट्रपतिको हिरासत अवधि २० दिन थपियो

दक्षिण कोरियाका राष्ट्रपतिको हिरासत अवधि २० दिन थपियो

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ । महाभियोगका कारण निलम्बनमा परेका राष्ट्रपति योलविर्द्ध सियोल अदालतका एक न्यायाधीशले वारेन्ट जारी गरी अनुसन्धानकर्ताहरूले उनलाई थप २० दिनसम्म हिरासतमा राख्न सक्ने अनुमति दिएका हुन्।

गत बुधबार पक्राउ गरिएका उनले गत वर्ष डिसेम्बरमा देशमा मार्सल ल अर्थात् सैन्य शासन लगाउने घोषणा गरेका थिए । तर चर्को विरोध भएपछि ६ घण्टामै उनी त्यो निर्णय फिर्ता लिन बाध्य भएका थिए।

त्यसपछि युन सुक योलविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित गरी पदबाट निलम्बन गरिएको थियो ।

Skip This
Skip This
Logo