स्कटल्यान्डविरुद्ध लयमा फर्किँदै नेपाल, छैठौं सफलता प्राप्त

स्कटल्यान्डविरुद्ध लयमा फर्किँदै नेपाल, छैठौं सफलता प्राप्त

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाललाई छैठौं सफलता प्राप्त भएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डको छैठौं विकेट गुमेको हो । क्रिजमा पिप्पा स्प्रल छिन् । उनी ३७ बलमा २५ रन बनाएर खेलिरहेकी छन्, यो नेपालका लागि चुनौतीपूर्ण हो ।

हाल स्कटल्यान्डलाई ३६ बलमा ३५ रन चाहिएको छ ।

त्यसअघि टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् ।

Skip This
Skip This
Logo