दुई तिहाइको सरकारमा अभिमान जाग्यो भने प्राप्त अवसर हातबाट फुत्किन सक्छ : दाहाल

दुई तिहाइको सरकारमा अभिमान जाग्यो भने प्राप्त अवसर हातबाट फुत्किन सक्छ : दाहाल

केन्द्रबिन्दु
0
Shares

बुटवल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ बहुमतको सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसर हातबाट फुत्किन सक्ने बताएका छन् ।

लोक अभियान नामक पाक्षिक पत्रिकाको आइतबार बुटवलमा बिमोचन गर्दे अध्यक्ष दाहालले अहिले आफूहरुका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याए ।

‘हामीमा अभिमान जाग्यो, घमण्ड आयो, आफना नैतिक कमीकमजोरी देख्न छोडयौं, जनताका आवाजलाई सुन्न छोडयौ भने सजिलै त्यो परिस्थितीलाई प्रतिक्रान्तिको शक्तिले उपयोग गर्छ । हेर्दाहेर्दै स्थिती हाम्रो हातबाट फुत्कने खतरा रहन्छ’, अध्यक्ष दाहालले भने ।

दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई परिणाममुखी समृद्धि दिनुपर्ने भन्दै अध्यक्ष दाहालले विश्व समुदायले पनि नेपालमा जनतालाई परिणाममुखी समृद्धि दिएर कम्युनिस्ट आन्दोलनको नयाँ लहर सृजना होला या पानीको फोका जस्तै झुल्केर अस्ताउला भनेर हेरिरहेको उल्लेख गरे ।
नागरिकबाट

Logo