काठमाडौं । विश्व उपविजेता बनेको खो-खोका नेपाली खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवै उपविजेता बनेका थिए । उनीहरु आज स्वदेश फर्किँदा विमानस्थलमा भव्य स्वागत गरिएको हो । कुनै पनि नेपाली टोली विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो, त्यसकारण पनि यो खास छ ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको थियो । यसअघि आजै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल भारतसँग नै ७८–४० अङ्कले पराजित भएको थियो ।
यसैगरी महिलातर्फ पनि नेपाल फाइनल खेलमा भारतसँग नै पराजित भएको थियो । नेपाल भारतसँग ७८–४० अङ्कले पराजित भएको हो । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो ।





























प्रतिक्रिया