अब साउदीका महिलाले सम्बन्ध विच्छेदबारे मोवाईलबाट जानकारी पाउने

अब साउदीका महिलाले सम्बन्ध विच्छेदबारे मोवाईलबाट जानकारी पाउने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । साउदी अरेबियाका महिलाहरुले अब आफ्नो सम्बन्ध विच्छेदबारे मोवाईलबाट थाहा पाउने भएका छन् । अहिलेसम्म साउदी अरेबियाका महिलाहरुले आफ्नो सम्बन्ध विच्छेद भएको कुनै पनि जानकारी पाउने गरेका थिएनन् ।

आईतबारदेखि लागू भएको नयाँ कानूनले महिलाहरुलाई सम्बन्ध विच्छेदबारे जानकारी दिनुपर्नेछ । आइतबारदेखि महिलाहरुले आफ्नो सम्बन्ध विच्छेदबारे मोबाइल म्यासेजमार्फत जानकारी दिइनु पर्नेछ ।

गोप्य सम्बन्ध विच्छेदको स्वरुप साउदी अरेबियाका व्यापक छ, जसमा महिलाहरुले आफ्नो सम्बन्ध टुटेको जानकारी नै पाउँदैनन् । तर अब नयाँ कानुन अनुसार महिलाहरुले कम्तिमा आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी पाउनेछन् ।

यसबाट श्रीमतीलाई जानकारी नै नदिइ सम्बन्ध विच्छेद गर्नबाट पुरुषहरुलाई रोकिने भएको छ । अब महिलाहरुले आफ्नो वैवाहिक स्थितिबारे जानकारी पाउने र भरण पोषणको अधिकार माग गर्न सक्ने छन् ।

गएको वर्ष दशकौँदेखि महिलामाथि लाग्दै आएको गाडी चलाउन नपाउने व्यवस्था फुकुवा भएको थियो । अझै पनि महिलाहरु साउदी अरेबियामा पुरुषकै निर्देशन र अनुगमन रहनुपर्ने बाध्यता छ ।

Logo