कालिकोटको खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

कालिकोटको खाडामा आगलागी गराउने रक्सी पार्टीमा सहभागी वडासचिव पक्राउ

केन्द्रबिन्दु
0
Shares

कालिकोट । कालिकोटको खाडामा भएको आलगाली प्रकरणमा वडा सचिव पक्राउ परेका छन् । आगलागी गराउने क्रममा रक्सी पार्टीमा सहभागी भएको आशंकामा वडा सचिव बिष्णुकान्त प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

वडा अध्यक्षमानबहादुर भण्डारीसहित ५ जनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी बिनोद शर्माले जानकारी दिए । मान्छे नबस्ने नवीन न्यौपानेको घरमा मदिरा पार्टी गरिएको थियो ।

यहि पुस ८ गते स्थानीय खानेपानी आयोजनाको ट्रयांकी शिलान्यास गरिएको र सोही रात खसीको फिला र ह्याकुलो नवीनको घरमा लगेर पकाएर मदिरा पार्टी गरेको देखिएको प्रहरीले जनाएको छ।

पार्टीमा वडाका एक कर्मचारी र दुईजना शिक्षक पनि सहभागी थिए। आगलागी सुरु भएको घरमा १५ क्वाटर मदिराका बोतल फेला परेको छ । पलाँता मदिरा निषेधित गाउँपालिका हो ।

खाडामा भाडामा बस्दै वडा सचिव प्याकुरेलले आगलागीबाट भएको क्षतिमा सबैभन्दा बढी आफ्नो भएको विवरण पेस गरेका छन् । उनले आगलागी हुनुभन्दा अगाबै आफ्नो लत्ताकपडा, भात पकाउने कुकरसमेत निकालेको पाइएकाले उनले दिएको क्षतिको विवरण झुटो भएको डीएसपी बिनोद शर्माको भनाइ छ ।

Logo