राजधानीमा चिसो कम हुँदै : आज विहानको तापक्रम २.१ डिग्री

राजधानीमा चिसो कम हुँदै : आज विहानको तापक्रम २.१ डिग्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राजधानी काठमाडौंमा आज (आइतबार) बिहान ६ बजेको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौंमा शनिबार भन्दा केही कम चिसो छ । यो वर्ष उपत्यकामा सबैभन्दा कम तापक्रम ०.५ डिग्री सेल्सियस सम्म पुगेको थियो ।

विभागका अनुसार आज दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य देखि पूर्णतया वदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । पश्चिमी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।

Logo