बागलुङको ताराखोलाका घरहरूमा दिउँसै चोरी

बागलुङको ताराखोलाका घरहरूमा दिउँसै चोरी

केन्द्रबिन्दु
48
Shares

पोखरा । बागलुङको ताराखोलाका घरहरूमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते दिउँसो तीन बजे चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका हुन् ।

उनीहरूको घरबाट दिउँसै चोरी गरेर भागेका बागलुङ ताराखोला गाउँपालिका वडा नं ३ घर भई हाल ऐ गल्कोट नगरपालिका वडा नं ६ बस्ने बर्ष २६ को रमेश भन्ने यमबहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए । अभियुक्त बस्नेतले ताराखोलाका ती घरबाट दिउँसै ७८ हजार रुपैयाँ र दुई थान मोबाइल चोरी गरेर भागेको प्रहरीले बताएको छ ।

ताराखोला गाउँपालिका वडा नं ३ स्थित आफ्नै घरबाट पक्राउ परेका अभियुक्त बस्नेतको साथबाट ७१ हजार पाँचसय २५ रुपैयाँ र दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त बस्नेताविरुद्ध बागलुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप भई अनुसन्धान शुरु गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी विजय यादवले समुदायमा देखिएका शंकास्पद तथा नौलो व्यक्ति वा समूहका बारेमा नजिकको प्रहरी कार्यालय वा पैसा नलाग्ने नं १०० मा फोन गरी सूचना दिन अनुरोध गरेका छन् ।

Skip This
Skip This
Logo