डिपीएल अक्सन जारी, अहिलेसम्म को खेलाडी कतिमा बिके ?

डिपीएल अक्सन जारी, अहिलेसम्म को खेलाडी कतिमा बिके ?

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डिपीएल)का लागि खेलाडीहरुको अक्सन जारी रहेको छ। काठमाडौंको होटेल अन्नपुर्णमामा जारी अक्सनमा पहिलो सेसन सकिएको छ।

अहिलेसम्म ४ जना खेलाडीले राम्रो मूल्य पाएका छन्। त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी छन ।

प्रदिप ऐरी र ललित भण्डारीलाई दुई लाख ५० हजारमा रुपन्देहीले भित्र्याएको छ । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो ।

अन्य खेलाडीहरुमा अविनाश बोहरालाई महेन्दनगर युनाइटेडले १ लाख ७० लाखमा किन्याे । त्यस्तै भैरहवाका खेलाडी कुशल भुर्तेललाई बिराटनगरले १ लाख ६० हजारमा किनेको छ । यता धनगढी स्टार्सले सौरभ खनाललाई १ लाख ६० हजारमा र हरीबहादुर चौहानलाई ९५ हजारमा किने ।

त्यसै गरि रूपन्देहीले १ लाख १० हजारमा सन्दिप सुनारलाई किनेका छन् भने धनगढीले अमित श्रेष्ठलाई १ लाख ८० हजारमा किनेको छ । विराटनगरले भने १ लाखमा किशोर महतोलाई र १ लाख ८० हजारमा मो. आशिफ शेखलाई किनेको छ।

यता काठमाडौंले भने विक्रम भुषाललाई १ लाख ६० हजार रुपैया र रासिद खानलाई १ लाख ७० हजार रुपैयामा खरिद गरेको छ। त्यसै गरि महेन्द्रनगरले मो। आरिफ शेखलाई २ लाख ५० हजारमा ड्र बाट टिममा लियाे ।
त्यस्तै अमरसिंह राउटेलाई महेन्द्रनगरले १ लाख २० हजारमा भित्र्याएको छ।

Skip This
Skip This
Logo