काठमाडौं । यतिबेला संगीतकार राजनराज सिवाकोटीको नयाँ यूगल गीत ‘माया गर्न जान्यो मायाले’ले बजारमा निकै चर्चा कमाइरहेको छ । टिकटक होस् या फेसबुक रिल, सामाजिक सञ्जालमा छरपष्ट यही गीत सुन्न र हेर्न पाइन्छ ।
गीतमा गायक तथा गीतकारसमेत रहेका शिवाकोटीकै स्वर छ । फिमेल भोकलमा उनलाई दक्षिणी अफ्रिकी गायिका डि क्याप्टेन वियोन्सेले साथ दिएकी छन् । शब्दरचना र संगीत पनि शिवाकोटी स्वयंको छ । यो गीतले शिवाकोटीलाई फेरि एकपटक सफलताको चुचुरोमा पुर्याएको छ । उनका यसअघिका गीत हिट नभएका होइनन्, तर यो दुई सातामै ‘माया गर्न जान्यो मायाले’ बाट उनले जुन माया पाएका छन्, त्यो अन्य गीतमा विरलै पाएका थिए ।
यो प्रेमिल गीतमा मायालु जोडीको कथा भनिएको छ । रुवान्डाकी कलाकार वियोन्सेको आवाज र टोन आकर्षक सुनिन्छ । उनी गीत गाउनकै लागि कम्बोडियाबाट नेपाल आएकी थिइन् । उनी नेपालमा पनि चर्चित नै छिन् । वियोन्से यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग ‘फूलबुट्टे सारी…’ गाएर चर्चामा आएकी थिइन् ।
योपटक शिवाकोटीसँग पनि उनको जोडी जमेको छ । गीतको भिडियोमा अभिनय राजनराज र वियोन्से स्वयंको छ । राजुजंग बस्नेतको निर्देशनमा तयार भएको यो भिडियो अभेसमनी बज्राचार्यले खिचेका हुन् ।





























प्रतिक्रिया